हाम्रो यो कथा यो संसारको……………………………

गोबिन्द राज ओझा (राजन) २०७८ चैत ८ गते १:०९ मा प्रकाशित

 

हाम्रो यो कथा यो संसारको लागि प्रेरणा बनोस

यो संसारले हाम्रो मायाको कथाहरु सधै सुनिरहोस

 

हामिले आफ्नो जिन्दगिलाई सधै सुन्दर बनाउदै जाऔ

यो घर, यि स्थान सधै सुन्दर बनाएर  राखौ

तिमि मेरी दिलकि रानि भएर दिलमा डेरा गर्नुपर्छ

तिमिलाई मैले यो दिल भित्र सजाएर राख्नुपर्छ

 

यो दिल भित्र खोतलेर मैले तिमिलाइ पाउछु

यो जिन्दगि आफ्नो बसमा कहाँ हुँदो रहेछ

हेरी रहन्छु तिमिलाइ मैले तिम्रो वरिपरी घुमेर

बसिरहन्छु म  सधै तिम्रो सुन्दरताको बयान गरेर

 

सम्झिएर तिमिलाई भेटन आए म यो गाउँमा

तिम्रो सुन्दर तस्विर राखेको छु मैले यो घरको कोठामा

तिमि मेरो जिन्दगि हौ सधै तिम्रो साथ पाउँन सकु

मेरो जिन्दगिको लक्ष्य मैले पुरा गर्न सकु

 

हरपल तिमिलाइ साथ दिन सकु

तिमिलाई सधै खुसि बनाएर राख्न सकु

तिम्रो साथ सयौ जुनि मैले जिउन सकु

मैले यो जिन्दगि तिम्रो साथ जिउन सकु

 

गोबिन्द राज ओझा
दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी , नेपाल

 

 

प्रतिक्रिया