विगत दुई वर्षदेखि मानवीय जीवनमा कोभिड–१९ ले भित्र्याएको त्रासपूर्ण वातावरणलाई चिर्दै नेपाली साहित्य समाज, क्यानडाले होली उत्सवलाई निरन्तरता दिर्दै सबैको मनमा रङ्गको खुशी भर्ने काम गरेको छ । गत शनिवार १९ मार्चका दिन टोरान्टोमा आयोजना भएको होली उत्सवमा समुदायहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । आफ्नो जन्मभूमिबाट दूरदेशलाई कर्मभूमि मानेर बस्दै आएका नेपाली समुदायलाई एउटै मञ्चमा उभ्याएर होली उत्सव मनाइएको थियो । नेपाली साहित्य समाज, क्यानडाको आयोजनामा अयोजित होली उत्सवमा हाँस्य व्यग्ँय कविता वाचनसँगै गीतसंगीतमको धुनमा सबै रङ्गिएका थिए ।
होली उत्सवका संयोजक अनुप न्यौपानेका अनुसर नेपाली साहित्य समाज, क्यानडाले २०१६ देखि मनाउँदै आएको होली उत्सवको मुल उद्देश्य भनेको हाम्रा सन्तानलाई हाम्रो परम्पराका बारेमा जानकारी दिनु र भोलीका दिनमा उनीहरुबाट यो परम्पराले निरन्तरता पाउनु रहेको हो । त्यसैले कार्यक्रममा बालबालिकाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा शिशिर पाण्डे, गोपीकृष्ण काफ्ले, खेम गुरागाईका रोचक कविता वाचन, सेरन गुरागाई, विश्व वर्माका मनोरञ्जनात्मक नृत्यप्रेरक गीतरु, उत्तम मकाजुका नेवारी होली गीतसँगै प्रदिप बाँसकोटा, उत्तम मकाजुका बाद्यवादन प्रस्तुतिले होली उत्सवमा मनोरञ्जनको रङ्ग भर्ने काम गरेको थियो । समाजका महासचिव मोहन खरेलको उद्घोषणमा आयोजिक कार्यक्रममा डा. गोबिन्दसिंह रावले होली उत्सव को पौराणिक कथाका बारेमा जानकारी गराउनु भएको थियो भने समाजका अध्यक्ष खेम गुरागाईले सबैको स्वगत गर्दै ने.सा.स. क्यानडाको दोस्रो उत्तर अमेरिका सीमा वारीपारी काव्य संगम जुलाई १६ मा न्याग्रा फल्समा हुने जानकारी गराउनु भएको थियो ।
प्रतिक्रिया