युक्रेनमा रुसी आक्रमण सुरु भएदेखि करिब ८५० सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
गत शुक्रवार सम्म कम्तिमा ८४७ नागरिक र ६४ बालबालिका सहित मारिएको शनिबार संयुक्त राष्ट्र मानव अधिकार कार्यालयले जनाएको छ ।
गत शुक्रबार प्रकाशित अघिल्लो दैनिक अध्यावधिकको तुलनामा यो अध्यावधिकमा ३१ जना थपिएको छ ।
ओएचसीएचआरले ७८ बालबालिका सहित १३९९ सर्वसाधारण घाइते भएको बताएको छ। जसमा धेरैजसो गोलाबारी र हवाई हमलाबाट भएको हो। वास्तविक मृत्यु संख्या धेरै बढी भएको विश्वास गरिएको बिज्ञप्तिमा जनाईएको छ ।
ओएचसीएचआरले भन्यो, “अधिकांश नागरिक हताहतहरू अभिलेख (रेकर्ड )गरिएका विस्फोटक हतियारहरूको प्रयोगले व्यापक प्रभाव क्षेत्र भएको थियो, जसमा तोपखाना र प्रक्षेपास्त्र प्रणालीहरूबाट गोलाबारी, क्षेप्यास्त्र र हवाई हमलाहरू संलग्न छन् ।,”
प्रतिक्रिया