अझै पनि सताउछ प्रियसि तिम्रो सम्झनाले
बोलाउछौ कि प्रियतम भनेर तिमिले मलाई
तिमिले यो संसार छोडेर गएको पललाई सम्झेर रोए
तिमि बिनाको जिन्दगि सोचेर यो मनलाई आसुले धोए
जिन्दगिको खुसि कहाँ गयो खुसिका ति पलहरु कहाँ गए
मेरो यो सुन्दर संसारमा दैबले किन आखा लाए
यहाँ मेरो यो मन नै ठाउँमा रहेन
तिमि बिना मेरो अव कसैको भर रहेन
कहाँ गयो भोक,निद्रा थाहा पाएन
तिमि नै थियौ मेरो भन्नु अब तिमि रहेनौ
तिमिलाई सम्झदा यो मन सधै रुन्छ
अझै लाग्छ मेरै वरिपरि घुमिरहेको छौ
मैले देख्ने सपनिमा मलाई हेर्दै बस्छौ तिमि
शान्ति पाओस आत्माले शान्ति साथ रहनु परलोकमा तिमि
यै कामना गर्छु मैले यो धर्तिमा मैले
प्रिय तिमिले त्यो लोकबाट मलाई हेरिरहनु सधै
यो धर्तिबाट मैले हेर्दा तिमिले दर्शन दिईरहनु सधै
यो मनमा तिम्रो सम्झना आईरहन्छ सपनिमा भेटनु सधै
गोबिन्द राज ओझा
दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी , नेपाल
प्रतिक्रिया