नर्वेका प्रधानमन्त्रीले विमान दुर्घटनामा ४ अमेरिकी सैनिकको मृत्यु भएको बताएका छन् । नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोरेले शनिबार विमान दुर्घटनामा चार अमेरिकी सैनिकको मृत्यु भएको बताएका छन् ।
उनले आफ्नो आधिकारिक सामाजिक संजाल ट्वीटर खातामा भनेका छन्, अत्यन्तै दु:खका साथ हामीले हिजो राति भएको विमान दुर्घटनामा चार अमेरिकी सैनिकको मृत्यु भएको सन्देश पाएका छौं ।
सिपाहीहरू नेटो सैनिक अभ्यासमा भाग लिएका थिए ,प्रधानमन्त्रीले भने । प्रधानमन्त्रिले सैनिकहरूका परिवार, आफन्त र तिनीहरूको इकाईमा रहेका साथी सैनिकहरू प्रति गहिरो सहानुभूति प्रकट गर्दै समबेदना दिएका छन् ।
प्रतिक्रिया