पुटिनद्वारा मस्को जुलुसमा युक्रेनको युद्धलाई औचित्य दिने प्रयास

इनेप्लिज २०७८ चैत ५ गते ११:०२ मा प्रकाशित

पुटिनले मस्को जुलुसमा युक्रेनको युद्धलाई औचित्य दिने प्रयास गरे, तर रुसी सरकारी दूरदर्शन त्रुटीको कारण प्रसारण बन्द गर्यो भनि सिएनएनले समाचार प्रकाशित गरेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत शुक्रबार मस्कोको एक जुलुस (र्‍याली)मा युक्रेनमाथि आक्रमणको औचित्य प्रस्तुत गरे जहाँ उनको भाषण अचानक सरकारी दूरदर्शन (टिभी )प्रसारणमा काटियो जसमा क्रेमलिनले प्राविधिक त्रुटिको बताएको छ ।

लाखौ मानिसहरूले राष्ट्रिय रंगशालामा रूसी झण्डा फहराए । उनीहरुले रूसले क्रिमिया कब्जा गरेको आठौं वर्षको उत्सवमा भाग लिए। जसलाई युक्रेनी सरकारले गैरकानूनी मानेको छ र पश्चिममाले मान्यता दिएका छैनन ।

“संसारको लागि नाजीवादविहीन ” लेखिएको तुल (ब्यानर)को अगाडिको मञ्चबाट बोल्दै पुटिनले भने रूसले युक्रेनमा “हाम्रा सबै योजनाहरू अवश्य कार्यान्वयन गर्नेछ” उनले भने ।

प्रतिक्रिया