रुसले लभिभमा ६ वटा क्षेप्याश्त्र प्रहार र २ वटा निस्तेज

इनेप्लिज २०७८ चैत ४ गते ११:२७ मा प्रकाशित

युक्रेनी सशस्त्र सेनाका अनुसार रुसले शुक्रबार बिहान पश्चिमी शहर लभिभतर्फ छ वटा क्षेप्यास्त्र प्रहार गरेको छ। क्षेप्यास्त्रहरू कालो समुन्द्र (ब्ल्याक सी) माथिबाट युद्धविमानबाट प्रहार गरिएको सामाजिक संजालमा जारी गरेको विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा भनिएको छ, दुईवटा क्षेप्यास्त्रलाई वायु रक्षा प्रणालीले रोकेको थियो। रूसी क्षेप्यास्त्रहरूले विमान मर्मत कारखानामा आक्रमण गरेको नगर प्रमुखले बताएका छन्

उनले भने धेरै क्षेप्यास्त्र उक्त स्थानमा प्रहार गरिएको बताए भने जुन लभिभ नजिक छ । पोल्याण्ड सीमाबाट करिब ४३ माइल (७० किलोमिटर) टाढा, लभिभ नेटोको द्वार छ ।

त्यहाँ कुनै पनि आक्रमणले अन्तर्राष्ट्रिय प्रभाव पार्न सक्छ भनि सिएनएनले उल्लेख गरेको छ ।

प्रतिक्रिया