३ लाख २० हजार भन्दा ज्यादा युक्रेनीहरु लड्न घर फर्के

इनेप्लिज २०७८ चैत ३ गते २२:५८ मा प्रकाशित

३ लाख २० हजार युक्रेनीहरु लड्न घर फर्केका छन । सीमा अधिकारीहरूका अनुसार ३,२०,००० भन्दा बढी युक्रेनी नागरिकहरू लड्न घर फर्केको बताए ।

युक्रेनको राज्य सीमा सुरक्षा सेवा (स्टेट बोर्डर गार्ड सर्भिस)का अनुसार रुसले आक्रमण सुरु गरेदेखि युक्रेनलाई लड्न मद्दत गर्न ३ लाख २० हजार भन्दा बढी नागरिकहरू घर फर्केका र तीमध्ये अधिकांश पुरुष रहेक बताए ।

“हाम्रा केटाहरूले हार मान्दैनन्, त्यसैले हामीलाई मद्दत गर्न आवश्यक छ, हामीले हाम्रो देशको लागि लड्न आवश्यक छ।

युक्रेन सबै मानिसहरू जस्तै स्वतन्त्र हुनुपर्छ,” राज्य सीमा सुरक्षा सेवाले बिहीबार सामाजिक संजाल ट्वीटमा उक्त जानकारी गराएको छ ।

प्रतिक्रिया