युक्रेनका रक्षा मन्त्री ओलेक्सी रेज्निकोभले बिहीबार भने कि घेरामा परेको शहर मारिउपोलमा नागरिक आश्रयस्थलको रूपमा प्रयोग भइरहेको नाट्यशालामा बम विष्फोट गर्ने रूसी “राक्षस” हो।
रेज्निकोभले अङ्कियदृश्य शृंखला (भिडियो लिङ्क )मार्फत युरोपेली संसदलाई भने ,भवनको दुई छेउमा ठूला अक्षरमा “बालबालिका” शब्द लेखिएको भए पनि बिमानचालकले बम खसाले।
आक्रमणमा कति जना बाँचेका थिए भन्ने स्पष्ट छैन। डोनेट्स्क क्षेत्रका पूर्व प्रमुखले सामाजिक संजालमा प्रकाशन गरेको छोटो वर्णन अनुसार बिहीबार आश्रयस्थलबाट मानिसहरू जीवितै बाहिर निस्किएका छन्।
“तपाईले शयद पहिले नै सुन्नु भएको छ कि यो नाट्यशाला (थिएटर) जुन क्षेप्याश्त्र (मिसाइल)ले प्रहार भएको थियो, त्यो नाट्यशाला जहाँ १,२०० महिला र बालबालिका लुकेका थिए,” रेज्निकोभले युरोपेली संसदमा थपे।
“र तपाईले नक्साबाट, मानव रहित बिमान (ड्रोन)बाट देख्न सक्नुहुन्छ कि यस नाट्यशालाको वरिपरि, ‘बालबालिकाहरू’ को ठूला अक्षरहरू लेखिएका थिए ताकि बम फ्याँकिरहेको विमानका बिमानचालक ‘बालबालिकाहरू’ देख्न सकून , यो राक्षसले नाटकघर मा बम विष्फोट गरेको छ।” उनले आक्रोस व्यक्त गरे ।
प्रतिक्रिया