युक्रेनले सशस्त्र रुसीहरूले हिरासतमा राखेका नगर प्रमुख (मेयर)लाई उद्धार गरेको बताएको छ । युक्रेनी सरकारले रुसको कब्जामा रहेको शहरमा हतियारधारीहरूले मार्च ११ मा हिरासतमा लिएका दक्षिणी शहर मेलिटोपोलका नगर प्रमुखको उद्धार गरेको बताएको छ।
मेलिटोपोलका नगर प्रमुख इभान फेडोरोभलाई रिहा गर्नको लागि विशेष कार्य संचालन भर्खरै गरिएको छ। र ,उक्त कार्य सफलतापूर्वक सम्पन्न भएको जनाएको छ ।
उनि सुरक्षित छन्,” राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको कार्यालयका वरिष्ठ अधिकारी किरिलो टिमोशेन्कोले आफ्नो दूरदर्शन (टेलिग्राम च्यानल)मा सन्देशमा भने। रुसी सेनाले गत फेब्रुअरी २६ मा मेलिटोपोललाई नियन्त्रण मा लियो । मार्च ११ मा सशस्त्र व्यक्तिहरूले निर्वाचित नगर प्रमुख फेडोरोभलाई हिरासतमा लिएका थिए ।
त्यस दिन रुसी समर्थित पृथकतावादी लुहान्स्क क्षेत्रका लागि अभियोजकको कार्यालयले उनलाई आतंकवादको आरोप लगाएको थियो भनि सिएनएनले समाचारमा उल्लेख गरेको छ ।
प्रतिक्रिया