लामो समय बिदेशमा बसेर पनि नेपाली सांगितिक दुनियाँँमा निरन्तर देखिराख्ने गायकहरुमध्ये राजेश केसी पनि एक हुन । लामो समय अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएका केसी हाल मेलबर्न बस्छन । केसीका दर्जनौं गीतहरु एकल र मेलिना राई, मान्डवी त्रिपाठी लगायत धेरै चर्चित नेपाली गायक/गायिकाहरुसंग संयुक्त रुपमा युट्युबमा उपलब्ध छन । केसीका पिता पनि चर्चित गायक हुन भने उन्का छोरा समेत गायनमा रुची राख्छन ।
नेपाललाई आबस्यक पर्दा बिदेशमा बस्ने नेपालीहरुले बिभिन्न किसिमबाट र नियमित रुपमा ठूलो सहयोग गर्ने गरे तापनि पछिल्लो पटक नेपाल जाँदा बिदेशमा गएर नेपाललाई बिर्सने भन्ने आरोप लाग्ने जस्तो कुरा सुन्न परेकोले मर्माहित भएका केसीले आबस्यक पर्नेहरुलाई सहयोग मात्रै गरेनन, राष्ट्रियताले ओतप्रोत ‘छैन मैले बिर्सेंको’ गीत नै बनाए ।
राजेश केसीको स्वर रहेको यो गीतको भिडियो नेपालको बिभिन्न भागमा सुटिङ गरिएको हो र भिडियोको संगीत ब्यबस्थापन एशियन म्युजिकले गरेको हो ।
चन्द्र कुमार डोङको संगीत रहेको यो भिडियो छायांकन गरेका यो भिडियोको ब्यबस्थापन फणिन्द्र राईले गरेका हुन् ।
मिन सागर लामाको लिरिक्स रहेको र पर्पल स्टुडियोमा गरिएको यो गीत मिक्स सुमन खड्काद्धारा गरिएको हो ।
लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ का विस्व सल्लाहकार रामकुमार श्रेष्ठद्धारा राष्ट्रियताको भावनाले ओतप्रोत भन्दै बधाई ज्ञापन एबं सफलताको शुभेच्छा ब्यक्त गरिएको यो गीतमा बीना रावत र सरोज प्रजाको भूमिका रहेको छ ।
म्युजिक भिडियोको लिंक
प्रतिक्रिया