साँझ ४ : २१ मा छायांकन सुरु भएको भिडियो ७ :२० सार्वजनिक

इनेप्लिज २०७८ चैत २ गते १०:४९ मा प्रकाशित

काठमाडौंँ।सामान्यतय एक गीतको म्युजिक भिडियोे छायांकन भएर सार्वजनिक हुन २, ३ दिन लाग्छ।तर कीर्तिमानी गीतकार डा.डीआर.उपाध्यायको नयाँ गीत ‘सपनीमा आउँछ्यौ तिमी’ भने ३ घन्टामै छायांकन, सम्पादन सकाएर युट्युवबाट सार्वजनिक भएको छ ।

मंगलबार शंखमुल स्थित युएन पार्कमा छायांकन भएको भिडियो छायांकन सुरु भएको ३ घण्टा भित्रै युट्युवमा आएको हो।विश्वमा यति छिटो भिडियो सार्वजनिक भएको सम्भवत यो पहिलो रेकर्ड हो।

सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा संगीत संयोजन देवेन्द्र नेवाले गरेका छन्। माइकल चन्दको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन, शिलन लम्सालको सम्पादन छ।

रमेश चन्द सोडारी र स्मृति श्रेष्ठको अभिनय रहेको भिडियो दिनको ४ :२१ मा सुरु भएको थियो,भने साँझ ७ :२० बजे युट्युबबाट सार्वजनिक भएको थियो। भिडियो विश्व रेकर्डको उदेश्यले त्यति छिटो निर्माण भएको हो।

प्रतिक्रिया