दुइ चार जना नेतालाई महल र चिल्ला गाडीमा चढाउँन माओबादीमा लागिएछ सानैमा,अहिले सडकमा ल्याएर छोडिदिए (भिडियो सहित)

इनेप्लिज २०७८ चैत २ गते १०:०६ मा प्रकाशित

कक्षा ७ मा पढ्दै थिइन् । भर्खरै १२ वर्षकी थिइन् । किशोरावस्थाले छोइसकेको थियो । बालापनको सौख पूरा गरेर किशोरावस्थाको यौ’वन च’ढि’सकेको थियो । स्कुलमा पढ्नुभन्दा पनि अन्य क्रियाकलापमा बढी ध्यान जान्थ्यो । अर्कोतिर तत्कालीन समय पनि त्यस्तै थियो ।

माओवादी जनयु’द्ध उ’त्कर्षमा पुगेको अवस्था थियो । माओवादीले आफूप्रति लोभ्याउन विशेषगरी विद्यालय उमेरका किशोरकिशोरीलाई निसानामा राख्थे । त्यही निसानामा परिन् काभ्रे दोलालघाटकी शोभा पराजुली । र, १२ वर्षकै उमेरमा कापीकलम बोक्ने हातमा ए’लए’म’जी ह’ति’यार ।

कापीकलमबाहेक केही नदेखेकी शोभाको हातमा भारी ह’ति’यार थ’माइयो । माओवादीले देखाएको सपना उनलाई आफ्नै सपना लाग्थ्यो । त्यही भएर उनले आफ्नो यौ’व’नलाई नै ध’रापमा राखेर यु’द्धमा हो’मि’इन् ।

‘त्यो बेला त माओवादी के हो ? ज’नयु’द्ध के हो ? भन्ने केही पनि थाहा थिएन । रमाइलोका लागि माओवादीमा लागियो,’ शोभाले भनिन् । २०६० सालमा उनी पहिलोपटक माओवादीमा लागेकी थिइन् । यु’द्ध ल’ड्न’का लागि कसरी ह’ति’यार चलाउने ? दु’श्मनको अगाडि अगाडि कसरी प्रस्तुत हुने ? जस्ता विषयमा उनलाई १९ दिन मात्र तालिम दिइयो । त्यसपछि उनी जनमुक्ति सेनाको पूर्णकालीन ल’डा’कू भइन् ।

घरपरिवार, आमाबुबाको काखमा हुर्किनुपर्ने उमेरमा उनी गरिबी, असमानता, बेरोजगारी अ’न्त्य गर्ने भन्दै अ’ग्रपं’क्तिमा उभिएर ल’ड्ने अठोट लिइन् । उनलाई त्यो बेला जोश–जाँगर पनि खुबै चल्थ्यो । ‘हामीलाई त्यस्तै तरिकाले तालिम दिइन्थ्यो । यु’द्धमा हो’मि’एपछि त अरूलाई सि ध्याउ नुपर्छ भन्नेबाहेक केही हुन्नथ्यो,’ शोभाले त्यसबेलाको अवस्था स्मरण गर्दै भनिन् ।

प्रतिक्रिया