लघुकथा

डिग बहादुर तामाङ्ग हाल मेरिल्याण्ड २०७८ चैत २ गते २:०१ मा प्रकाशित

माईली,निकासीको सल्लेभिरको पसलेको जेठा छोरा गोरेकी माईली छोरी,उमेरले १८ उन्नाईस बर्षकी अति नै राम्री थिइन।बुघबारे हाटमा माईली लामो कपाल सीरुे फूल,कानमा कार्णफूल चेप्टोसून नाकमा बुलागी ढुंग्री,हातमा चाँदीको चुरा त्यसमाथी चालिसे रातोचुरा,मखमलको चौबन्दी चोलो छिपाको फरिया,खेसको पटुकामा सज्जिएर आँउथिन उनि बाजेको बाजे अगिअगि उनि र मनमाईकी आमा र पछिपछि पसलेको कपडा भारि बोकेर मेलुङको बुधाबारे हाटमा।सारा विद्यार्थीहरुको एउटै अनुरोध हुन्थ्यो भीमदल राई मास्टरसंग “ सर आज त हाट लाग्ने दिन छुट्टी पाए हुन्थ्यो” भीमदल सरले केटाहरुको चाहानालाई सजिलै अटकल गरेर “ओके बट यु गाईज आर फ्रि फर टुआवार” चौधबर्षदेखि माथिका केटाहरु तिनै माईलाई हेर्न पसले बाजेको कपटा पसल निर पुग्थे।

मनमाईकी आमाकी गोठालो आँखा छलेर माईलीलाई हेर्न पुग्थे सबैविद्यार्थीहरु। उर्गेण ठ्यौलाहरु झुमेको देखेर पसले बाजेले आफनी नातिनीलाई “ माईपराङ आई छाता न्वङरि टिउ” माईली तिमी छाता ओडेर बस भनेर आफनी प्यारी नातिनीलाई केटाहरु आँखा नलागोस भनेर जोगाउन खोज्थे।माईली पाँचफिट जति उच्चाई गहुगारो छाला,त्यसमाथी रातो मखमलको चोली हरियो रंगको गुन्यू सेतो खेसको पटुकाले धपक्कै बजेको थिइन माईली।मेलुङमा हाईस्कूल बनि सकेको थिएन,कप्तान ललित बहादुर कार्कीको निजी प्रयासबाट त्रिभुवन निम्न माध्यमिक विद्यालय खडा भएको थियो,सम्जोकले अंग्रेजी र नेपाली पढाउन जान्ने भीमदल राईलाई हेडमास्टर बनाएको थियो।भीमदल सर दार्जिलिङबाट आउनु भएको रे पछि,एउटी ब्र्हमनि कन्यासंग विवाह गरे मालुमा पढाउन गए रे।हामी विद्यार्थीहरु हाईस्कूलको शिक्षा लिन कि दोलाखा जानु पर्ने कि त काठमाडौंमा नै धाउन पर्ने बाध्यताले मेलुङ र बुुधबारे हाट र माईलीलाई भेट्न छोड्यौं।पछि काठमाडौमा माईलीसंग टुंडिखेलमा उनकी दाई नरे नेपाली सेनामा सुबेदार रहेछ,एउटा मान्छे साथमा थियो।मैले भएभरको साहस बटुले बोलाए “ओइ नाना पाराङ” माईली दिदी भनेर उनको विवाह भै सकेको रहेछ,साथमा अर्को व्यक्ति उनैको लोग्ने रहेछ मेख्रेको पाल्देन घिसिङ,बागबजारमा डेरा लिएर बस्दो रहेछ।त्यसपछि माईलीसंग भेट्भ एन।

डिग बहादुर तामाङ्ग,मेरिल्याण्ड,अमेरिका।

प्रतिक्रिया