अब राजा ज्ञानेन्द्र शाह र सेनाहरुले मुलुकमा भयावह समय आए पनि सत्ता आफ्नो हातमा लिनु हुँदैन !

इनेप्लिज २०७८ चैत २ गते १:३९ मा प्रकाशित

विक्रम सम्वत २०७८ साल फागुन महिनाको १५ गते प्रतिनिधि सभा बाट एमसीसी पास भएको छ । मुलुकमा जनताहरु छन भनेर राजा ज्ञानेन्द्र शाह र सेनाहरु भ्रममा नपरे हुन्छ । सबै जनताहरु राजनीतिक पार्टीमा आबद्ध छन।मुलुकमा आन्दोलन, द्वन्द, भयावह र गोला बारुद बम पडकने लगायत जस्तोसुकै गम्भीर र कठिन अवस्था र समय आए पनि मुलुक दुर्घटनामा परे पनि राजा ज्ञानेन्द्र शाह र सेनाहरुले सत्ता आफ्नो हातमा कदापि लिनु हुँदैन।

मुलुकमा वास्तविक जनताहरु को छ र कसका लागि सत्ता आफ्नो हातमा लिने ? मुलुकका जनताहरु राजनीतिक पार्टी भक्त र नेताहरू भक्त छन । मुलुकका जनताहरु स्वार्थी, अवसरवादी र द्वैध चरीत्र भएका छन।मुलुकका जनताहरुले कति बेला धोका दिन्छन हाम्रो मुलुकको जनताहरुको भर र विश्वास छैन ।

अब राजा ज्ञानेन्द्र शाह र सेनाहरुले अन्तर्राष्ट्रिय स्तरमा अझै सम्बन्धहरु सुमधुर, गाढा र सुदृढ बनाउनुपर्ने देखिन्छ।मुलुकमा राजा ज्ञानेन्द्र शाह र सेनाहरुले कसको लागि जोखिम मोल्ने हो ? मुलुकमा देशभक्ति नेताहरु र जनतहरु को नै छ ?

विक्रम सम्वत २०६२/०६३ सालको जनआन्दोलनमा राजा ज्ञानेन्द्र शाह देशभक्त र श्री ५ महेन्द्र शाहको जस्तै नीति र नियमहरु कार्यान्वयन गर्छु भन्दा नै सत्ता बाट बहिर्गमन हुनु परेको हो।

राजा ज्ञानेन्द्र शाह र सेनाहरुले वास्तविक रूपमा नै बुझ्नुपर्ने कुराहरू के छ भने विक्रम सम्वत २०६२/०६३ सालको जन आन्दोलनमा तीन करोड जनताहरुले राजा ज्ञानेन्द्र शाहलाई साथ दिएनन जनताहरु विद्रोहमा उतरेका थिए।जनताहरु बाट राजा ज्ञानेन्द्र शाहले देशभक्त भएको उपहार र पुरस्कार पाएका हुन ? यसकारण राजा ज्ञानेन्द्र शाह र सेनाहरु कसका लागि देशभक्त बन्ने ?

स्वतन्त्र नेपाली नागरिक:

प्रतिक्रिया