खल्ती मार्फत EMI भुक्तानीमा १००% क्यासब्याक,, जित्ने भाग्यमानी बन्नुहोस्। साथै, दुई भाग्यशाली विजेताहरूले बम्पर पुरस्कारको रूपमा स्मार्टफोन जित्ने मौका पाउनेछन्।
यस अफर “इ एम आइ डन १०० % रिटर्न” अनुसार हुलास फिन सर्भ, जगदम्बा क्रेडिट एंड इन्भेस्टमेन्ट, स्याकार-होन्डा र MAW इन्वेत्मेंट प्राइभेट लिमिटेड को इ एम आइ भुक्तानी गर्दा हरेक हप्ता एक जना भाग्यशाली बिजेताले भुक्तानीमा १००% क्यास्ब्याक (रू.५,००० को अधिकतम सीमा को साथ) प्राप्त गर्नेछन् भने दुई जनाले बम्पर उपहारमा स्मार्टफोन जित्नेछन्। यो अफर चैत १ देखि चैत ३०, २०७८ सम्म मान्य छ।
यस सुविधा बारे बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “प्रविधि र विकासको परिवर्तनसँगै, डिजिटाइजेसनको आवश्यकता द्रुत रूपमा बढिरहेको छ। डिजिटल कारोबारलाई अझ प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो अफर ल्याईएको हो।”
रु. ५००० माथिको भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ‘खल्ती’ केवाईसी भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ। खल्ती खाता नभएको खण्डमा साइन अप गरि वा नेपालभरि फैलिएको खल्तीको कुनै पनि खल्ती सेवा केन्द्रबाट पनि भुक्तानी गर्न सकिनेछ।
खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६००००+ सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ। यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरि प्रयोगकर्ताहरुलाई समयको साथै पैसाको बचतमा पनि ‘खल्ती’ले योगदान दिँदै आएको छ।
‘खल्ती’ एप Khalti.com/app मा गइ डाउनलोड गर्न सकिन्छ।
थप जानकारीको लागि आकृती शर्मा लाई [email protected] मा ईमेल गरि बुझ्न सकिन्छ।
प्रतिक्रिया