नम्रतासँग डिआरको ‘जुनी जुनी’ काट्ने कुरा

इनेप्लिज २०७८ चैत १ गते १०:५३ मा प्रकाशित

काठमाडौँ।विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘जुनी जुनी ’सार्वजनिक गरिएको छ।रोमान्टिक शैलीमा तयार गीतमा संगीत तथा स्वर समेत गीतकार उपाध्यायको छ।गीत गायनमा उपाध्यायलाई गायनमा अनु चौधरीले स्वरमा साथ दिएकी छन्।

गीतको भिडियोमा गीतकार उपाध्याय र मोडल नम्रता अर्यालको अभिनय देख्न सकिन्छ।रोमान्टिक प्रेमकथाको थिममा भिडियो समेत निर्माण भएको छ।१४ तालहरुमा छायांकन भएको भिडियोका निर्देशन समेत गीतकार उपध्यायले गरेका हुन्।

उत्सव दाहालको छायांकन र साहिल लम्सालको सम्पादन रहेको भिडियो डीआर म्युजिक क्रियशनले आफ्नो युट्युवमार्फत बाहिर ल्याएका हो।केही अगाडि ८० विश्व रकेर्ड बनाएका डा.उपाध्याय अहिले १०८ विश्व रेकर्ड पुर्याउने दौडमा छन्।

प्रतिक्रिया