मेरो मनकि रानि तिमि सँग बोल्न सक्दिन
मनको कुरा तिमि सँग खोल्न सक्दिन
कहिले बस्यो माया तिमि सँग बिर्सन गाह्रो भयो
कस्तो आपत पर्यो मलाई भेटन गाह्रो भयो
गाउँ बस्ति सबले जिस्काएर बस्न गाह्रो भयो
मैले हिडने गोरेटो पनि आज धैरै टाढा भयो
मैले तिमिलाई भेटेर सबै कुरा सुनाउ कि
शंका गरी साथिहरुले हरेको कुरा भनौ कि
यता उता सबैतिर आखा केर्छन मलाई
त्यो दिलमा ठाँउ मागे दिन्छौ कि मलाई
तिमिलाई हरेर सबै दु:ख बिर्सि बसौ कि
सधै एक्लो कति बस्ने तिम्रो साहरा खोजौ कि
तिमि सँग तस्विर खिचेर राखौ कि
सुतेको बेला सपनिमा आई निर्दा चोरि दिउ कि
गोबिन्द राज ओझा
दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी , नेपाल
प्रतिक्रिया