युद्ध विरोधी प्रदर्शनकारीले रुसी सरकारी दूरदर्शन समाचार प्रसारणमा बाधा

इनेप्लिज २०७८ फागुन ३० गते २२:२८ मा प्रकाशित

युद्ध विरोधी प्रदर्शनकारीले रुसी सरकारी टिभी(दूरदर्शन) समाचार प्रसारणमा बाधा पुर्‍याएको समाचार सिएनएनले प्रकाशित र प्रशारण गरेको छ ।

सूचना पाटी बोकेकी एक युद्ध विरोधी महिला प्रदर्शनकारीले रुसको प्रमुख सरकारी दूरदर्शन प्रसारण समाचार वाचनगर्नेहरू मध्ये एकलाई मस्कोको समय बेलुका ९:३१ बजे बाधा पुर्‍याएको समाचार व्यापक भएको छ ।

“युद्ध चाहिदैन । युद्ध बन्द गर्नुस । प्रचारमा विश्वास नगर्नुहोस् तिनीहरूले तपाईलाई यहाँ झूट भन्छन्,” लेखिएको सूचना पाटी बोकेकी महिलाले बाधा पुर्याएकी थिइन् ।

उक्त सूचनापाटीमा “युद्ध विरुद्ध रूसी,” भनि अन्तिम हरफमा अंग्रेजीमा भनिएको देखिन्छ भनि सिएनएनले उल्लेख गरेको छ । उक्त महिला मानवअधिकारको विरोध-अनुगमन गर्ने स्वतन्त्र समूह ओभिडि इन्फोका अनुसार चिन्ह बोकेकी महिला त्यसैकी कर्मचारी हुन भनि बताएको छ ।

रूसी राज्य समाचार संस्थाले उक्त महिलाको पुष्टी गरेको छ भने उनले अभियोगको सामना गर्न सकिन्छ भनि सिएनएनले समाचारमा उल्लेख गरेको छ ।

ओभिडि इन्फोले समाचार प्रसारणमा बाधा पुर्‍याउनु अघि ओभ्स्यानिकोभा नामक गरेकी महिलाले कथित रूपमा बनाएको अङ्कियदृश्य (भिडियो) पनि प्राप्त गरेको जनाएको छ ।

“अहिले युक्रेनमा के भइरहेको छ त्यो अपराध हो, र रुस आक्रामक देश हो, र यो आक्रमणको जिम्मेवारी केवल एक व्यक्तिको अन्तःकरणमा छ। यो व्यक्ति भ्लादिमिर पुटिन हो,” ओभ्स्यानिकोभाले अङ्कियदृश्य (भिडियो)मा भनिन्, उनको बुबालाई चर्चा गर्दै भनिन बाबु युक्रेनी हुन् र उनको आमा रूसी हो।

“दुर्भाग्यवश, विगत केही वर्षदेखि, मैले च्यानल वान नामक दूरदर्शनमा काम गर्दै क्रेमलिन प्रचार गरिरहेको छु, र अहिले मलाई धेरै लाज लाग्छ,” उनी भन्छिन्। “यो लाजमर्दो कुरा हो कि मैले दूरदर्शन (टिभी स्क्रिन)बाट झूट बोल्न अनुमति दिएँ, लज्जित छु ।” ।

प्रतिक्रिया