युक्रेन युद्धमा सहयोगको लागि रुसको अनुरोध आएको चीनले अस्वीकार गरेको छ । युक्रेनमा युद्धमा सघाउन रुसले सैन्य उपकरण वा अन्य सहयोग नमागेको चीनले जनाएको छ ।
दुई अमेरिकी अधिकारीहरूले गत आइतबार सीएनएनलाई रुसले चीनसँग मानवरहित यान (ड्रोन) लगायत सैन्य सहयोगका साथै आफ्नो अप्रत्याशित आक्रमणको लागि आर्थिक सहयोगको लागि आग्रह गरेको भनेका थिए ।
चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले एक पत्रकार सम्मेलनमा भने अमेरिकाले “विकृत सूचना फैलाउँदैछ।”
“युक्रेन मुद्दामा चीनको अडान स्थिर र स्पष्ट छ, र हामीले शान्ति वार्तालाई बढावा दिन रचनात्मक भूमिका खेल्दै आएका छौं। आगोमा इन्धन थप्नुभन्दा पनि सबै पक्षले संयम अपनाउनुपर्छ र तनावलाई शान्त पार्नु जरुरी छ । परिस्थितिलाई थप चर्काउनुको सट्टा कूटनीतिक समाधानको लागि जोड दिनु महत्त्वपूर्ण छ।” उनले भने ।
प्रतिक्रिया