‘हिजो आजका कुरा’ को प्रदर्शन पक्का

इनेप्लिज २०७८ फागुन ३० गते ९:५५ मा प्रकाशित

 

बरिष्ट अभिनेता सन्तोष पन्तले निर्माण गरेको हाँस्य प्रदान सामाजिक कथानक चलचित्र ‘हिजो आजका कुरा’ को प्रदर्शन मिति तय गरिएको छ।आफ्नो चलचित्र ०७९ सालको असोज २८ गते दर्शकमाझ आउने जानकारी निर्देशक साकार पन्तले दिएका छन्।

पहिला ०७७ बैशाख १२ मा प्रदर्शन हुने तयारीमा रहेको चलचित्र कोरोना महामारीका कारण सरकारले गरेको लकडाउनमा परेको थियो।अब भने ‘हिजो आजका कुरा’ दशैतिहारको माहौल पारेर प्रदर्शन गर्न लागीएको हो।

बिके फिल्मस् र एफडिले बितरण गर्ने फिल्ममा सन्तोष पन्त,साकार पन्त,रमा थपलिया, केकी अधिकारी,ऋचा शर्मा,दिब्यदेव पन्त,रिमा बिश्वकर्मा,स्व.जयनन्द लामा,लक्ष्मी भुसाल,जेविका कार्की,रमेश अधिकारी,बिनय कुँइकेल,अनुष्का अधिकारी,निराजनप्रसाद अर्याल,सबिन शाक्य,कमला रेग्मी,रिहान केसी (बालकलाकार) लगायतकोे अभिनय छ।

पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको कथा बरिष्ट अभिनेता पन्तले लेखेका हुन् भने पटकथा सन्दीप किस्नाको छ रवि सायमीले खिचेको फिल्मको कार्यकारी निर्मातामा प्रतिभा पन्त,सह निर्मातामा बैकुण्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन्।थुप्रै सेलिब्रेटीलाई एकसाथ प्रस्तुत गरिएको चलचित्रको ‘माया जदौ’ बोलको गीत निकै चर्चित छ।दुई बर्षअघि अप्लोड गरिएको सो गीत युट्युवमा अहिलेसम्म साढे दुई करोड भन्दा बढी पटक हेरिसकिएको छ।दीपक शर्माको संगीत,आनन्द अधिकारीको शब्द तथा रामकृष्ण ढकाल र मेलिना राईको स्वरमा रहेको गीतको कोरियोग्राफी कबिराज गहतराजले गरेका हुन्।

प्रतिक्रिया