अमेरीकन भाइरल सांडे पोखरामा यस्तो अबस्थामा ! क्वारेन्टीनमा जहाज चटेर आएका सांडे म्याटमा मात्रै बस्छन

इनेप्लिज २०७८ फागुन २९ गते १८:२६ मा प्रकाशित

अमेरिकाबाट ल्याइएका साँढे यतिबेला पोखरामा क्वारेन्टिनमा छन्।ती साँढेलाई पोखरा महानगरपालिका–१५, भेडीफारमस्थित फार्ममा क्वारेन्टिनमा राखिएको छ ।

अमेरिकाबाट फागुन १३ गते सातवटा साँढे हवाइजहाज मार्फत नेपाल ल्याइएका थिए।एउटा काठमाडौंमै राखेर बाँकी साँढेलाई फागुन १५ गते पोखरा ल्याइएको हो।

नेपाल लाइभस्टक सेक्टर इनोभेसन ९एनएलएसई० आयोजनाले ती साँढेहरु खरीद गरेको हो।अमेरिकादेखि नेपालमा नेपाल ल्याइएका साँढेमध्ये पोखरामा २ वटा होलिस्टन र ४ वटा जर्सी जातका छन्।एउटा जर्सी साँढे भने काठमाडौंमै राखिएको छ।

क्वारेन्टिन अवधि पूरा गरेपछि ती साँढेहरू वीर्य उत्पादनका लागि योग्य हुनेछन्।प्रजनन कार्यालयले ती साँढेलाई पोखरामै राखी वीर्य उत्पादन गर्ने र देशैभरि पठाउने योजना बनाएको छ।‘व्यावसायिक गाईपालन गरिरहेका व्यवसायीको व्यवसाय बढाउन र नश्ल सुधार गर्न साँढे नेपाल ल्याइएका हुन्।कस्तो अबस्थामा छन त अमेरीकन साडे हेर्नुहोस भिडियोमा

प्रतिक्रिया