युक्रेनको मारियुपोलमा रुसी आक्रमणबाट करिब २,२०० मारिए

इनेप्लिज २०७८ फागुन २९ गते १६:५३ मा प्रकाशित

मारिउपोलका अधिकारीहरूले रुसी आक्रमणबाट अहिले सम्म करिब २,२०० मारिएको बताएका छन । लामो समयदेखि प्रतिक्षा गरिएको मानवीय रक्षादल मारिउपोलबाट केही टाढा रहेकोले घेरामा परेको शहरका अधिकारीहरूले भने ।

यसले पछिल्लो २४ घण्टामा (बिहान १० बजेसम्म) २२ वटा बम आक्रमणको सामना गरेको बताए ।

“अहिलेसम्म, रुसको आक्रमणबाट २,१८७ मारिउपोलका बासिन्दाको मृत्यु भएको छ,” नगर परिषदले भन्यो। त्यो पछिल्लो घोषणा गरिएको लगभग १,६०० को संख्यामा तीव्र वृद्धि हो।

“मारिउपोलको अवस्था अत्यन्तै कठिन छ। शहरमा बिजुली, पानी, गर्मी, लगभग घुम्ती (मोबाइल) सञ्चार छैन, खाना र पानीको अभाव छ,” अधिकारीहरूले भने।

परिषदले रुसी सेना र पृथकतावादी मिलिशिया(रक्षक योद्धा)लाई “आवासीय छिमेकहरूमा जानीजानी आक्रमण ” गरेको आरोप लगाएको छ। मारिउपोल राज्य बिश्वबिद्यालयको एक भागमा आइतबार गोलाबारी भएको बताइएको छ।

प्रतिक्रिया