पोल्याण्डको सीमा नजिकैको सैन्य सुविधा केन्द्रमा रुसी आक्रमणमा ३५ जनाको मृत्यु भएको छ । आइतवार बिहान पोल्याण्डको सीमाबाट केही माइल टाढा रहेको पश्चिमी युक्रेनको सैन्य सुविधा केन्द्रमा रुसी हवाई आक्रमणमा परी ३५ जनाको मृत्यु भएको छ ।
लुभ्यु क्षेत्रीय सैन्य प्रशासनले भन्यो कि कम्तिमा ८ रूसी प्रक्षेपास्त्रहरूले लुभ्युको ३५ माईल पश्चिम र पोलिश सीमाबाट १० माईल टाढा रहेको शहर याभोरिभ नजिकैको प्रशिक्षण केन्द्रलाई निशाना बनाए।
क्षेत्रीय सैन्य प्रशासनका प्रमुख म्याक्सिम कोजित्स्कीका अनुसार ३५ जनाको मृत्यु भएको छ भने १३४ जना घाइते भएका छन् भनि एबिसीन्युजले समाचार प्रकाशित गरेको छ ।
“आज लुभ्यु क्षेत्र क्षेप्यास्त्रहरुद्वारा प्रहार भएको थियो, प्रारम्भिक चरणमा बिमानद्वारा रूसको साराटोभमा तैनातले युक्रेनी क्षेत्रमा उडान नगरी प्रहार गरेको ,” कोजीत्सकी बताए ।
“प्रारम्भिक ३० भन्दा बढी क्षेप्यास्त्रहरू प्रक्षेपण गरिएको थियो। मिसाइल बिरुद्ध मार हान्नेले काम गर्यो, केही मात्रामा क्षेप्यास्त्रहरू खसालियो। यावोरिभ मैदान आक्रमणको शिकारमा पर्यो ।”
याभोरिभ पोल्याण्डबाट युक्रेनमा आपूर्तिहरू ल्याउन प्रयोग हुने मुख्य मार्गहरू मध्ये एकमा पर्छ । रुसी आक्रमणबाट भागेका शरणार्थीहरूले हालैका हप्ताहरूमा पनि प्रयोग गरेको मार्ग हो ।
आइतवार प्रहार गरिएको सुविधा शान्ति स्थापना र सुरक्षाको लागि अन्तर्राष्ट्रिय केन्द्र नजिकै छ, जसलाई आधारशिविर भनेर चिनिन्छ, जहाँ वर्षौंदेखि अमेरिकीहरू सहित नेटो सैन्य प्रशिक्षकहरूले पूर्वमा रूस विरुद्ध लड्न युक्रेनी सेनाहरूलाई तालिम दिएका थिए।
प्रशासनले यसअघि आइतबार नौ जनाको मृत्यु भएको र ५७ जना घाइते भएको बताएको थियो।
दक्षिणपश्चिमी सहर इभानो फ्रानकिभस्कका नगर प्रमुखले पनि आइतबार बिहान शहरको विमानस्थलमा आक्रमण भएको पुष्टि गरेका छन्। यो तेस्रो यस्तो आक्रमण हो, अधिकारीले भने।
प्रतिक्रिया