गजल

युवराज भण्डारी २०७८ फागुन २९ गते ९:४१ मा प्रकाशित

विनाश जति सबै यसैको कारण भयो

भन, युद्धले कहाँ दुख निवारण भयो ?

सक्दिनँ म सुन्न बन्द गर समाचार

शरणार्थी विलाप फेरी प्रसारण भयो

अस्पतालमा पनि भएछ बमको वर्षा

हिंसाको नयाँ लेबल निर्धारण भयो

शक्ति प्रदर्शनको यो कातर खेलमा

जीवन हैन, मानवताकै मारण भयो

अर्थहीन,अहङ्कारको यस लडाइमा

पृथ्वी,तिम्रो वक्ष पुन दारण भयो

डुम्रिबेसी, तनहुँ

हाल:टोरन्टो, क्यानडा

प्रतिक्रिया