युक्रेनमा हालसम्म ४२ बालबालिकासहित ५७९ भन्दा बढी नागरिकको मृत्यु भएको संयुक्त राष्ट्रसंघको प्रतिवेदन

इनेप्लिज २०७८ फागुन २८ गते १७:५७ मा प्रकाशित

संयुक्त राष्ट्रसंघले फेब्रुअरी २४ मा युक्रेनमा रुसी आक्रमण सुरु भएदेखि हालसम्म १,५८१ नागरिकहरु घाइते भएको प्रतिवेदन तयार गरेको छ ।

जस मध्ये जसमा ५७९ मारिएका र १,००० भन्दा ज्यादा मानिसहरु घाइते भएका छन भनि सिएनएनले समाचार लेखेको छ ।

मृत्यु हुनेमा ४२ बालबालिका रहेका छन् भने घाइतेमध्ये ५४ बालबालिका रहेको संयुक्त राष्ट्रसंघको नागरिक हताहतसम्बन्धी पछिल्लो प्रतिवेदनले जनाएको छ । सबैभन्दा धेरै पीडित युक्रेनी सरकारको नियन्त्रणमा रहेका क्षेत्रहरूमा अभिलेखगरिएको थियो।

संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा भनिएको छ, “धेरैजसो सर्वसाधारणको हताहतहरू भारी तोपखाना ,प्रक्षेपास्रहरु हानेर र हवाई हमलाहरू सहित व्यापक प्रभाव क्षेत्र भएको विस्फोटक हतियारको प्रयोगका कारण भएको हो।”

संस्थाको मानवअधिकार कार्यालयले खार्किभ, मारिउपोल र डोनेट्स्क जस्ता क्षेत्रहरूमा तीव्र शत्रुताको खबर आएपछि “विशेष गरी सरकार नियन्त्रित क्षेत्रमा र विशेष गरी हालका दिनहरूमा हताहतको वास्तविक संख्या धेरै बढी भएको ” विश्वास गरेको छ।

प्रतिक्रिया