मोसु साउदीले चयन गर्यो सल्लाहकार समिति

इनेप्लिज २०७८ फागुन २८ गते १२:२९ मा प्रकाशित

रियाद – मोरंगसुनसरी सेवा समाज साउदीले शुक्रबार,११ मार्च २०२२ मा साउदी अरेवियाको रियाद शहरमा आयोजित संस्थाको दोश्रो कार्यकालको प्रथम बैठकले हेम सुवेदीको संयोजकत्वमा ९ सदस्यिय सल्लाहकार समिति चयन गरेको छ।

संस्थाका अध्यक्ष सुजनसेर राईको अध्यक्षतामा सम्पन्न उक्त वैठकले सल्लाहकारहरुमा दिनेश न्यौपाने,रोशन श्रेष्ठ,राजेन्द्र अर्याल,नगेश तामांग,ज्ञानु राई,भक्तविर राई,विदुर कोईराला र शालिकराम पाण्डेलाई चयन गरेको छ।

उक्त वैठकमा निवर्तमान कार्यसमितिले नव निर्वाचित कार्यसमितिलाई वुझवुझारथ गर्नुका साथै दोश्रो साधारण सभाको समिक्षा,संस्थाको दैनिक कार्य सम्पादन तथा संचालनका लागि विभिन्न प्रशासकिय निर्णयहरु गर्नुका साथै पदाधिकारीहरुलाई जिम्मेवारी प्रदान गरेको छ।संस्थाको दोश्रो साधारण सभा २५ फरवरी २०२२ मा सम्पन्न भएको थियो।

प्रतिक्रिया