रुसका सबैभन्दा धनी व्यापारीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई हामीलाई सन् १९१७ मा नलैजानुहोस भनि चेतावनी दिएका छन् ।
उनले युक्रेनमाथि आक्रमण गरेपछि भागेका प्रतिष्ठानहरूको सम्पत्ति जफत नगर्न क्रेमलिनलाई चेतावनी दिएका छन् । र ,यस्तो कदमले देशलाई १०० वर्षभन्दा बढी पछाडि धकेल्ने उनले बताए ।
धातुको विशाल नोरिल्स्क निकेलका अध्यक्ष र यसको सबैभन्दा ठूलो शेयरधारक भ्लादिमिर पोटानिनले भने ,यदि रूसले पश्चिमी प्रतिष्ठानहरू र लगानीकर्ताहरूमाथि ढोका कडासग बन्द गर्यो भने १९१७ क्रान्तिको उथलपुथलपूर्ण दिनहरूमा फर्किने जोखिम रहने छ । उनले रूसी सरकारलाई सम्पत्ति जफत गर्ने सन्दर्भमा अत्यधिक सावधानीका साथ अगाडि बढ्न आग्रह गरे।
पहिलो, यसले हामीलाई सन् १९१७ मा सय वर्ष पछाडि लैजान्छ र यस्तो कदमको नतिजा – लगानीकर्ताहरूको तर्फबाट रुसमाथिको विश्वव्यापी अविश्वास – हामीले धेरै दशकसम्म अनुभव गर्नेछौं, “उनले नोरिल्स्क निकेलको टेलिग्राममा खातामा प्रकाशन गरेको एक सन्देशमा भने।
“दोस्रो, धेरै प्रतिष्ठानहरूको रूसमा सञ्चालन स्थगित गर्ने निर्णय केही हदसम्म भावनात्मक प्रकृतिको छ र विदेशमा जनमतको अभूतपूर्व दबाबको परिणामको रूपमा लिइएको हुन सक्छ। त्यसैले सम्भवतः तिनीहरू फिर्ता आउनेछन्। र व्यक्तिगत रूपमा, म तिनीहरूका लागि यस्तो अवसर राख्छु, “उनले थपे।
पोटानिन रुसका सबैभन्दा धनी अर्बपति हुन् र अझै पनि करिब २२.५ बिलियन डलरको उनको सम्पत्ति छ ।
प्रतिक्रिया