युक्रेन खार्किभ नगर प्रमुखले भने “निर्दयी गोलाबारी” ,तर हामी अडिग छौँ र जित्नेछौँ।”

इनेप्लिज २०७८ फागुन २७ गते १२:२९ मा प्रकाशित

युक्रेनको खार्किभ नगरका नगर प्रमुखले रुसीहरुले “निर्दयी गोलाबारी” गरि रहेको र युक्रेनमा अति चिसो अवस्थामा रहेको जनाएका छन् ।

निरन्तर गोलाबारी र क्षेप्यास्त्र हमलाको बीचमा नागरिकहरू उप-शून्य तापक्रममा घर छोड्न बाध्य भएका छन् खार्किभका नगर प्रमुख ले शुक्रबार भने।

इहोर तेरेखोभले भने, “युद्धको सबै १६ दिनदेखि रुसी सेनाले खार्किभमा हवाई हमला गरेर निर्ममतापूर्वक गोलाबारी गर्दै आएको छ। तर हामी अडिग छौँ र जित्नेछौँ।”

उनले थपे कि धेरै भवन समूहहरु (अपार्टमेन्ट )हरू ध्वस्त भएका छन् । ४०० भन्दा बढी घरहरूमा तताउने प्रणाली पुनर्स्थापित गर्न नसकिने उनले बताए ।

तेरेखोभले भने: “गम्भीर हिमपात आउँदैछ, त्यसैले म तपाईलाई आह्वान गर्दैछु, जसका घरहरू गोलाबारीका कारण तात्न छोडिएका छन्, कृपया रेलमार्गका आश्रयहरू, विद्यालयहरू र शिशु सदन (किन्डरगार्टेन)हरूमा जानुहोस्, जुन अझै नष्ट भएका छैनन्।”

हालसम्म ४८ विद्यालयहरु भत्किएको उनले बताए ।

प्रतिक्रिया