युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले विगत दुई दिनमा करिब एक लाख मानिसलाई निकासी मार्ग (इभ्याकुएसन करिडोर)मार्फत सारिएको बताएका छन्।
“आज हाम्रो लागि मुख्य कार्यहरू मध्ये एउटा मानवीय मार्गहरूको व्यवस्थापन थियो,” जेलेन्स्कीले बिहीबार राति सामाजिक संजाल (फेसबुकमा ) प्रकाशन गरिएको अङ्कियदृश्य (भिडियो)मार्फत भने।
उनले युक्रेनका सुमी,ट्रोसटाईनेट्स ,क्रासनोपिलिया ,इर्पिन,बुचा ,होस्टोमेल र इजियम समेत गरि करिव ४०,००० अगाडी नै खाली गरि सकेको बताए । उनले मानवीय सहायता, खाद्यान्न र औषधि पुर्याइएको जनाए ।
जेलेन्स्कीले भने, “शत्रुले मात्र नष्ट गर्न खोजेका शहरहरूमा हाम्रा मानिसहरूलाई बचाउन हामी सबै गरिरहेका छौं।”
मारिउपोल र भोल्नोभाखा, तथापि, पूर्ण रूपमा अवरुद्ध छन्, उनले भने । युक्रेनी अधिकारीहरूले निकाशी मार्गमा काम गर्नको लागि सबै भन्दा राम्रो प्रयासको अतिरिक्त , “रूसी सेनाहरूले गोलाबारी बन्द गरेनन्।”
जे भए पनि, जेलेन्स्कीले भने कि उनले अझै पनि खाना, पानी र औषधि बोकेका मालबाहक गाडीहरु पठाउने निर्णय गरे।
“तर आक्रमणकारीहरूले यो निकाशी मार्ग (करिडोर )हुनु पर्ने क्षेत्रमा बख्तरबन्द (ट्याङ्क)आक्रमण सुरु गरे।
प्रतिक्रिया