युक्रेनीहरुले चेर्निहिभमा रूसी लडाकु बिमानबाट खसालेको बम निष्क्रिय पारे

इनेप्लिज २०७८ फागुन २७ गते ०:२३ मा प्रकाशित

युक्रेनी राज्य आपतकालीन सेवाहरूले चेर्निहिभमा रूसी लडाकु बिमानबाट खसालेको बम निष्क्रिय पारेको बताएका छन् । युक्रेनी राज्य आकस्मिक सेवा (एसईएस) ले उत्तरी युक्रेनी सहर चेर्निहाइभमा खसालेको रुसी लडाकु विमानबाट बम निस्क्रिय गरिरहेको देखाउँदै नयाँ अङ्कियदृश्य(भिडियो )जारी गरेको छ।

मार्च ९ मा प्रकाशित भएको अङ्कियदृश्य (भिडियो) जसमा आतिशबाजी (पाइरोटेक्निक )कार्यकर्ताहरूको समूह र आपतकालीन विभागले बम निष्क्रिय पारेको बताएका छन् ।

आपतकालीन राज्य सेवाका अनुसार तिनीहरूले मार्च ९ मा चेर्निहाइभमा २२ वटा बमहरु निस्क्रिय पारेको सिएनएनले समाचार लेखेको छ ।

सिएनएनले पहिले यस सम्बन्धि समाचार लेखेको थियो भने बिमान पश्चिमी चेर्निहाइभमा मार्च ५ का दिन दुर्घटनाग्रस्त भएको थियो। युक्रेनी सेनाले रूसी लडाकु विमानलाई गोली हान्ने जिम्मेवारी लिएको थियो।

विमान एक आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो भने दुर्घटनाका कारण चारवटा निजी घरमा आगलागी भएको थियो ।

प्रतिक्रिया