रुस-युक्रेन वार्ता युद्धविरामको विषयमा कुनै सहमति नै नभई टुङ्गियो

इनेप्लिज २०७८ फागुन २६ गते १२:१० मा प्रकाशित

रुस-युक्रेन वार्ता युद्धविरामको विषयमा कुनै सहमति नै नभई टुङ्गिएको छ । बिशेष गरि मानवीय मार्ग (कोरिडोर)बिषयमा प्रति नभए पछि वार्ता टुंगिएको हो ।

युक्रेनी विदेशमन्त्री डिमितट्रो कुलेबा र रुसका विदेशमन्त्री सर्गेई लाभरोभबीच टर्कीमा भएको बैठक मानवीय मार्ग वा युद्धविरामको विषयमा कुनै सहमति बिना नै टुङ्गिएको छ ।

कुलेबाले भने ,घेरामा परेको शहर मारिउपोलबाट नागरिकहरूलाई भाग्न अनुमति दिन मानवीय कोरिडोर (मार्ग )स्थापना गर्ने सम्भावना बढाएको तर “दुर्भाग्यवश मन्त्री लाभरोभले यसमा आफूलाई प्रतिबद्ध हुन सकेनन्।”

छोटो भेटपछिको पत्रकार सम्मेलनमा कुलेवाले ‘अत्यन्तै दबाब दिइरहेको मानवीय समस्या समाधान गर्न २४ घण्टा युद्धविराम पनि गरिएको’ तर उनले यस विषयमा ‘प्रगति नभएको ’ बताए ।

युक्रेनका विदेशमन्त्री डिमिट्रो कुलेबाले मार्च १० मा टर्कीको अन्टाल्यामा अन्टाल्या कूटनीति मंचमा रुस-टर्की-युक्रेन त्रिपक्षीय विदेश मन्त्रीहरूको बैठक पछि पत्रकार सम्मेलन गरेका थिए ।

कुलेबाले “मानवीय समस्याहरूको जमिनमा समाधान खोज्न” प्रयास जारी राख्न सहमत भएको बताए । उनले अगाडी थप्दै “यस ढाँचामा पर्याप्त छलफल र समाधान खोज्ने सम्भावनाहरू छन् ” फेरि भेट्न तयार छु,उनले भने ।

प्रतिक्रिया