युक्रेनको हवाई प्रतिरक्षाले “रुसको आधुनिक लडाकु विमानको बिरूद्ध पर्याप्त सफलता पाएको छ,” बेलायतको रक्षा मन्त्रालयले बुधबार सामाजिक संजाल ट्वीट मार्फत जानकारी गराएको छ ।
रुसको आक्रमणको बारेमा आफ्नो पछिल्लो गुप्तचर अध्यावधिकमा मन्त्रालयले भन्यो ,युक्रेनले “सम्भवतः” रुसलाई “आकाशमा कुनै पनि स्तरको नियन्त्रण हासिल गर्न” रोकेको छ।
“किभको उत्तर-पश्चिममा लडाइँ जारी छ र रुसी सेनाहरूले कुनै महत्त्वपूर्ण सफलता हासिल गर्न असफल भएका छन्,” विज्ञप्तिमा थपिएको छ।
बुधवार प्रकाशन गरिएको छुट्टै अध्यावधिक (अपडेट)मा, मन्त्रालयले युक्रेनी शहर खार्किभ, चेर्निहाइभ, सुमी र मारियुपोललाई “रूसी सेनाले घेरिएको र भारी रूसी गोलाबारीको सामना गरिरहने” चेतावनी दिएको छ भनि सिएनएनले उल्लेख गरेको छ ।
प्रतिक्रिया