मेरो गाउमा आयौ तिमि लुकि कुकि………………….

गोबिन्द राज ओझा (राजन) २०७८ फागुन २५ गते १:०७ मा प्रकाशित

 

मेरो गाउमा आयौ तिमि लुकि कुकि मलाई हेरिरह्यौ

मैले तिमिलाई हेर्दा लज्जाएर तिमि भाग्यौ

 

तिम्रो दिलमा प्यार छ बोलि त मिठासले भरिएको छ

दिलले तिमिलाई रोज्यो यो मनको चाहमा तिमि छौ

तिम्रो नजिक भए म तीमि भन के छ तिम्रो मनमा

मुसुक्क मुस्कान दिई डेरा गर्यौ यो दिलमा

 

मैलै देख्ने सपनिमा तिम्रो तस्विर देखेरहे

मनमा लुकाई राखेको माया तिम्रो थाहा पाईसके

मन्द मुस्कान छर्दै तिमिले मेरो हात समायौ

मेरो गाउमा आयौ तिमि लुकि कुकि मलाई हेरिरह्यौ

 

गोबिन्द राज ओझा

[email protected]

दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी , नेपाल

प्रतिक्रिया