नारी दिवसमा ‘बुलाकी’ को फस्र्टलुक

इनेप्लिज २०७८ फागुन २४ गते १३:३० मा प्रकाशित

काठमाडौं,२४ फागुन अन्तराष्ट्रिय नारी दिवसको अबसर पारेर मंगलबार ‘बुलाकी’ फिल्मको फस्र्टलुक पोस्टर सार्वजनीक गरिएको छ।दर्शकमाझ कौतुहलता पैदा गर्न सफल पोस्टरमा अभिनेत्री सुरक्षा पन्तलाई मात्र प्रस्तुत गरिएको छ।

कर्णाली भेगको जनजीवन,रितिथिति तथा संस्कृति समेटिएको बताइने गरिएको फिल्म लक्ष्मण सुनारको निर्देशनमा टोपेन्द्र बिष्टले निर्माण गरेका हुन्।स्व.मोति बिष्टको प्रस्तुति रहेको फिल्म डोल्पा,जाजरकोट र रुकुमका बिभिन्न स्थानमा खिचिएको हो।फिल्ममा सुरक्षाका साथमा नरेन्द्र खड्का, नवअभिनेता बिराज बिष्ट र प्रकाश कँडेल,रमेश बुढाथोकी,सुशील पोखरेल,लक्ष्मी गिरी, कुलदीप अधिकारी,झलनाथ खत्री, सरस्वती खत्री,उपासना वाइवा,सोनु सेढाइ,धनबहादुर राई,लक्ष्मण देवकोटा,वसन्त परियारले अभिनय गरेका छन।

छत्रेश्वरी म्यानेज्मेन्ट प्रालिको ब्यानरमा सौगात कँडेल सहनिर्माता रहेको ‘बुलाकी’ शिब ढकालले खिचेका हुन्।केही समयमै फिल्मको टिजरका साथमा प्रदर्शन मिति सार्वजनीक गरिने जानकारी निर्माता टोपेन्द्रले दिएका छन ।

प्रतिक्रिया