अमेरिकन सोसाइटी अफ नेपलीज् इन्जिनीयर्सको (ASNEngr) पन्ध्रौ वार्षिक सम्मेलन हुने

इनेप्लिज २०७८ फागुन २४ गते १२:०५ मा प्रकाशित

अमेरिकन सोसाइटी अफ नेपलीज् इन्जिनीयर्स (ASNEngr) ले “Impact of Engineering Solutions for Mankind” भन्ने नाराकासाथ भर्चुअल प्रबिधिको माध्यमबाट जुन ११ र १२, २०२२ मा सोसाइटीको पन्ध्रौ वार्षिक इन्जीनियरिङ्ग सम्मेलन गर्ने भएको छ।यस सम्मेलनमा इन्जीनियरिङ्ग क्षेत्रमा भएका नवीन अन्वेषणहरु र प्रचलित प्रथाको प्रस्तुतिहरु रहने छन्।

उक्त सम्मेलनमा प्रस्तुत गरिने नीतिदर्शक भाषण (Keynote Speech), दक्ष मन्तब्य,आमंत्रित (Invited Speech) र सह-मुल्यांकित (Peer Reviewed) प्रस्तुतिकरणहरुबाट प्रबिधिक,आर्थिक, र सामाजिक क्षेत्रमा इंजीनियरिंग प्रबिधिको असर विषयको पहिचान गरिने प्रयास हुनेछ | यो दुइ दिने कार्यक्रम इंजीनियर, वैज्ञानिक, तकनिकी जानकार र सम्बंधित व्यवसायीहरुले आफुले सम्पन्न गरेका वा जानकारी भएका विषयको चर्चा गर्ने मंच हुनेछ।

ASNEngr सम्मलेन समितिले विद्यार्थीहरुबाट प्रस्तुत पेपर मध्ये  “Best Student Presentation Award” को छनौट गरी $२०० नगद पुरस्कार दिने प्रबंध गरेको छ| साथै, यस सम्मलेनमा “Engineering Intent and Impact (E2I)” विषयको प्रतियोगिता पनि हुने भएको  छ |  कुनै पनि इंजीनियरिंग विषयमा उत्साहित व्यक्तिले आफु संग्लग्न भएको प्रोजेक्टको विषयमा छोटो निबन्ध, फोटो वा छोटो भिडियो (१-२ मिनेटको) पठाएर प्रतियोगितामा भाग लिई $२०० पुरस्कार पनि जित्न सक्नेछन।

ASNEngr ले तकनिकी सर-सल्लाह, अन्वेषण उपदान (Research Grant), इंजीनियरिंग विद्ध्यार्थीहरुलाई छात्रवृत्तिका साथै भूकंपले हुने असरहरुलाई न्यूनीकरण गर्ने उपायहरु र बाढी नियंत्रण प्रबंध गर्न नेपालमा आवश्यक विषयमा दक्ष जानकारीको आदान-प्रदान जस्ता कार्यमा संलग्न हुँदै आएको छ।  प्राबिधिक ज्ञान र इंजीनियरिंग पेशा प्रबर्धनको लागि मासिक वेबिनारको पनि आयोजना गर्दै आएको छ।

यस सोसाइटीले हालसम्म २० भन्दा बढ़ि तकनिकी योजनाहरु, पाँचवटा अन्वेषक अनुदान, २० भन्दा धेरै छात्रबृत्तिहरु र अन्य दर्जनौ दक्ष सेवा प्रदान गर्न सफल भएकोमा हामीहरु हर्षित छौँ | थप जानकारीको लागि हाम्रो website वा हामीहरुलाई संपर्क गर्नुहुन अनुरोध गर्दछौं ।

अन्तमा,तपाईहरुको सहभागिता र सहयोगको अपेक्षा सहित आगामी जूनमा भेट हुने आशा गर्दछौँ ।

प्रतिक्रिया