विराटनगर २३,फागुन।प्रदेश नं १ सरकारले ११२ औं अन्र्तराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा प्रभातफेरी, मञ्च कार्यक्रम,रक्तदान तथा दिप प्रज्जवलन कार्यक्रम गर्ने गरी भव्यरुपमा मनाउने भएको छ।
सामाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित आज पत्रकार सम्मेलनमा ‘सामाजिक न्याय र लैंगिक समानता:दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ मार्च ८ अर्थात फागुन २४ गते मनाईने दिवसको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ।
मन्त्रालयका सचिव दीर्घराज मैनालीले भोली विहान मुख्यमन्त्री राजेन्द्रकुमार राईको उपस्थितिमा विभिन्न सामाजिक सङ्घसंस्थाहरुको सहभागितामा विराटनगरको देवकोटा चोकबाट नेपाल प्रहरीको ब्याण्ड र सांस्कृतिक झाँकी सहित निकालिने प्रभातफेरीले नगरपरिक्रमा पश्चात आदर्श विद्यालयमा मञ्च कार्यक्रम सहभागी हुने बताउनु भयो।
यसैगरी रक्तदान, दिउँसो मानवसेवा आश्रममा आश्रितलाई फलफूल वितरण र साँझ ट्राफिक चौकमा दीप प्रज्जवलन गरि दिवस समापन गरिने सचिव मैनालीले बताउनुभयो।
प्रतिक्रिया