“म कीभमा बस्छु। म लुकेको छैन। र ,म कसैसँग डराउँदिन : “जेलेन्स्कीले भने

इनेप्लिज २०७८ फागुन २३ गते २३:०८ मा प्रकाशित

युक्रेनी राष्ट्रपति जेलेन्स्की रुसी आक्रमण सुरु भएयता पहिलो पटक आफ्नो कार्यालयमा देखिएका छन भनि सिएनएनले समाचार प्रकाशित गरेको छ ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार राति युक्रेनको राजधानी कीभमा आफ्नो कार्यालयमा आफूले गरेको एउटा अङ्कीयदृश्य (भिडियो) प्रकाशन गरेका छन जुन फेब्रुअरी २४ मा आक्रमण सुरु भएदेखि पहिलो पटक उनी त्यहाँ देखिएका हुन् ।

पर्दा बन्द गर्नु अघि झ्यालबाट बाहिर हेर्दै, जेलेन्स्कीले आफ्नो अङ्कीयदृश्यमा आफ्नो भनाई राख्दै यसो भने: “म कीभमा बस्छु। मेरो कार्यालयमा। म लुकेको छैन। र म कसैसँग डराउँदिन, “जेलेन्स्कीले भने।

आक्रमण सुरु भए लगत्तै आफ्नो सरकारका सदस्यहरूसँगको छोटो बाहिरी उपस्थिति बाहेक, रूसी आक्रमण सुरु भएदेखि नै उनि आफ्नो भूमिगत सुरुङ्ग (बंकर )बाहिर उनको यो पहिलो पटक हो।

प्रतिक्रिया