रुसले गत २४ घण्टामा युक्रेनको खार्किभमा कम्तिमा ८ जनालाई आक्रमण गरि मारेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।
पछिल्लो २४ घण्टामा उत्तरपूर्वी शहर खार्किभको आवासीय क्षेत्रमा रुसी बमबारीका कारण कम्तीमा आठ जनाको मृत्यु भएको युक्रेनको आपतकालीन सेवाले सोमबार एक विज्ञप्तिमा जनाएको छ ।
आकस्मिक सेवाका अनुसार साँझ ७:१५ बजे बम विष्फोट भएको थियो। आइतबार ७:१५ मिनेट (अमेरिकाको पूर्वीय समय १२:१५ )को स्थानीय समयमा बहु-तले आवासीय भवनहरू, प्रशासनिक भवनहरू, चिकित्सा संस्थाहरू, शैक्षिक संस्थाहरू र छात्रावासहरू “पूर्ण वा आंशिक रूपमा ध्वस्त” भएको जनाएका छन ।
शहरको मध्य भागमा रहेका २१ वटा भवनमा पनि ठूलो मात्रामा आगलागी भएको आपतकालीन सेवाले जनाएको छ।
आगलागी हुँदा करिब २ सय जनालाई उद्धारकर्ताहरुले उद्धार गरी बाहिर निकालेका थिए । अधिकारीहरूले थप सम्भावित पीडितहरूको बारेमा जानकारी सङ्कलन गरिरहेका छन भनि सिएनएनले समाचारमा उल्लेख गरेको छ ।
प्रतिक्रिया