काठमाण्डौं।नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका मेलिना राई र गायक शान्तिम कोइरालाको आवाजमा रहेको ‘मेरो माया‘ गीतको भिडियो भवसागर इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक भएको छ।
प्रेमील जोडि विचको मनोभावलाई गीतमा चित्रण गरिएको छ।लक्ष्मी संग्रौलाको शब्द तथा संगीतमा रहेको गीतमा प्रेमका सुनौला पलहरुलाई गीतमा समेटिएको छ।निशान घिमिरेको छायाँकन तथा सम्पादन र निशाल पौडेलको कोरियोग्राफी भिडियोमा रहेको छ।‘मेरो माया‘ गीतको भिडियोमा सुशिला थापा र सुधिर श्रेष्ठको अभिनय रहेको छ।
प्रतिक्रिया