पि,डित नाबालिका गायिकाले वकिललाई दिईन यस्तो बयान,अब के होला पल शाहलाई ? (भिडियो सहित)

इनेप्लिज २०७८ फागुन २३ गते १०:३८ मा प्रकाशित

सिनेमा र म्युजिक भिडियोबाट स्थापित अनुहार हुन्,पूर्णविक्रम शाह अर्थात् पल शाह।सिल्भर स्क्रिनमा उनले रहरलाग्दो छवि बनाएका छन्।त्यसैको प्रभावमा एउटा ठूलो जमात पललाई आफ्नो ‘आइडल’ मान्छन्।

उनका ‘डाइहार्ट’ फ्यान सामाजिक सञ्जालदेखि सिनेमा हलसम्म ताँती लाग्छ तिनै ‘डाइहार्ट’ फ्यानहरु नै अहिले पीडित किशोरीलाई तथानाम भन्न उद्यत छन्। सामाजिक सञ्जालमा पल शाह निर्दाेष हुन् भनेर भिख माग्नेहरुको संख्या बग्रेल्ती छ।

पीडित नाबालिग गायिकाले राज्यबाट संरक्षण पाउनुपर्नेमा उल्टो पटकपटक समस्या झेल्दै आएकी छन्।उनले कास्की प्रहरीमा एक महिनाअघि नै उजुरी दिन जाँदा प्रहरीले उजुरी लिएन।अहिले पल शाह पक्राउ परिसक्दा पनि प्रहरी कार्यालयको ढोकैमा पीडितविरूद्ध भइरहेका नाराबाजी गरे।

ती नाबालिग गायिकाले पल शाहद्वारा आफूमाथि करणी भएको भन्दै करिब एक महिनाअघि नै गृहजिल्ला कास्की प्रहरीमा उजुरी दिएकी थिइन्।तर घटना भएको अन्तिम स्थान तनहुँ भएको भन्दै कास्की प्रहरीले उजुरी लिन मानेन।तनहुँमै उजुरी गर्न जानू भन्ने सल्लाह दिएर उनलाई फर्काइयो।

यस्तो ज’घन्य अ’पराधमा पीडितले जुनसुकै प्रहरी कार्यालयमा उजुरी दिन सक्छन्।कास्की प्रहरीले त्यही बेला उजुरी दर्ता गरेर आवश्यक कारबाही बढाएको भए पल शाह एक महिनाअघि नै पक्राउ पर्ने थिए।

प्रतिक्रिया