जन्म जन्मको सयौ जन्म सँगै जिउने……………………………

गोबिन्द राज ओझा (राजन) २०७८ फागुन २३ गते १०:३४ मा प्रकाशित

जन्म जन्म सयौ जन्म सँगै जिउने बाचा कसम खाईरहेछु

यो  सारा जिन्दगि मैले तिम्रो लागि समर्पण गर्दैछु

 

मैले तिम्रो लागि घर परिवार सबै छोडि आएको छु

शिव मन्दिर गई तिमिलाई पाउ भनि भाकल गरेको छु

चारैतिर घुमि रहन्छु यि डाडापाखाको छहारीमा बस्छु

सुन्दर रुप तिम्रो बोलिको मिठासमा म भुलिरहन्छु

 

पत्तै भएन मलाई तिमि मेरो मुटुमा बास गरि गएछौ

जन्म जन्म सयौ जन्म सँगै बाच्ने कसम खाएका छौ

साची राखि यो मन्दिरलाई म आज जादैँछु

सिउदो सिन्दुरले भरेर सँगै जिउने बाचा खादैछु

 

जन्म जन्म सयौ जन्म सँगै जिउने बाचा कसम खाईरहेछु

यो  सारा जिन्दगि मैले तिम्रो लागि समर्पण गर्दैछु

यो  सारा जिन्दगि मैले तिम्रो लागि समर्पण गर्दैछु

यो दिलले यो जगतमा तिमिलाई खोजि हिडिरहेछ

मैलै मेरो मनमा तिम्रो लागि माया सजाएर राखेको छु

यो जिन्दगिकि रानि बनाएर तिमिलाई राख्दैछु

 

गोबिन्द राज ओझा

[email protected]

दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी ,  नेपाल

प्रतिक्रिया