मनोरंजनको दुनियाँमा अत्यधिक सफलता हासिल गरेको सामाजिक संजाल टिकटकले रुसमा प्रत्यक्ष प्रसारण र अन्य नयाँ सामग्री निलम्बन गरेको छ ।
चिनियाँ प्रविधि प्रतिष्ठान बाइटडान्सको स्वामित्वमा रहेको टिकटकले उक्त निलम्बन आइतबार घोषणा गरेको हो । टिकटकले तुरुन्तै रूसमा आफ्नो मन्चमा प्रत्यक्ष प्रसारण र नयाँ सामग्री निलम्बन गरेको जनाएको छ ।
श्रब्य दृश्यमा (भिडियो)मा केन्द्रित सामाजिक सञ्जाल सेवाले रुसको संसदले “किर्ते खबर ” भन्ने कानुन पारित गरेको प्रतिक्रियामा यो कदम चालिएको बताएको छ।
“टिकटक रचनात्मकता र मनोरन्जनको लागि एउटा त्यस्तो चिज हो जसले युद्धको समयमा मानिसहरूले ठूलो त्रासदी र एक्लोपनको सामना गरिरहेका बेला राहत र मानव जडानको स्रोत प्रदान गर्न सक्छ,” टिकटकले एक विज्ञप्तिमा भन्यो।
“यद्यपि, हाम्रो उच्चतम प्राथमिकता हाम्रा कर्मचारी र हाम्रा प्रयोगकर्ताहरूको सुरक्षा हो, र रूसको नयाँ ‘नक्कली समाचार’ कानूनको प्रकाशमा, हामीसँग रूसमा हाम्रो श्रब्य दृश्य (भिडियो सेवा)मा प्रत्यक्ष प्रसारण (लाइभ स्ट्रिमिङ) र नयाँ सामग्री निलम्बन गर्नुबाहेक अर्को विकल्प छैन।” बिज्ञप्तिमा भनिएको छ ।
कम्पनीले आफ्नो अनुप्रयोग सेवा (इन-एप )सन्देश सेवा यस कदमबाट प्रभावित नहुने बताएको छ।
प्रतिष्ठानले भन्यो, “हामीले रूसमा विकसित परिस्थितिहरूको मूल्याङ्कन गर्न जारी राख्नेछौं कि हामीले सुरक्षालाई हाम्रो सर्वोच्च प्राथमिकतामा राखेर हाम्रा सेवाहरू कहिले पूर्ण रूपमा पुन: सुरु गर्न सक्छौं भन्ने निर्धारण गर्न।”
गत शुक्रबार, रूसको संसदले “नक्कली” जानकारीको प्रसारलाई निषेध गर्न र उल्लङ्घन गर्नेहरूलाई जरिवाना वा १५ वर्षसम्मको कैद सजायको लागि रूसको फौजदारी संहितालाई संशोधन गरेको छ ।
प्रतिक्रिया