पल प्रकरणमा दुर्गेश थापाले पनि दिए सुटुक्क यस्तो बयान, अब के होला पललाई ? (भिडियो सहित )

इनेप्लिज २०७८ फागुन २२ गते १७:५९ मा प्रकाशित

यौ’न शो’ष’णको आरोपमा कलाकार पल शाह पक्राउ परेपछि सामाजिक सञ्जालमा पीडितमाथि नै लाञ्छना लगाउने होडबाजी नै चलेको छ।यसैबीच गायक दुर्गेश थापा र सम्राट चौलागाईं पनि प्रहरी कार्यालय दमौली पुगेर बयान दिई सकेका छन।

बाहिर पल र पूजा समर्थक भीडले दुर्गेश विरुद्ध नाराबाजी गरिरहेको थियो।त्यही कारण प्रहरीले दुर्गेश र सम्राटलाई पूरै संरक्षण दिएर प्रहरी कार्यालयको पछाडिबाट कार्यालयभित्र लागिएको थियो।पीडित परिवारले दिएको जाहेरीअनुसार कतिपय घटना र स्थानमा दुर्गेश र सम्राटको पनि उपस्थिति देखिएकाले प्रहरीले उनीहरुलाई बयानका लागि बोलाएको थियो।‘दुर्गेश र सम्राटको बयान पनि पीडितकै पक्षमा छन्,’प्रहरी स्रोतले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ताले पल प्रकरण अनुसन्धानको क्रममा रहेकाले तत्काल केही भन्न नमिल्ने बताए।गायिकाका तर्फबाट परिवारले दिएको उजुरीमा शाहले माया-प्रेमको जालमा फसाएर ब’ला’त्कार ग’रे’को आरोप लगाएकी हुन्।

तनहुँ प्रहरीका अनुसार शाहले पोखरा,तनहुँ,चितवन लगायतका स्थानमा ब’ला’त्का’र गरेको जाहेरीमा उल्लेख छ।गायिकाले करिब ३ महिनायता गीत-संगीतमा ध्यान दिन नसकेको र यसबारे बुझ्दा घटनाका बारेमा जानकारी पाएको जाहेरीमा उल्लेख छ।पीडित गायिका र शाहबीच एक गीतको म्युजिक भिडिओ सुटिङमा भेट भएको र त्यही बेला उनीहरूले फेसबुक र फोन नम्बर आदान प्रदान गरेका थिए।

त्यसपछि उनीहरूको निरन्तर भेटघाट र संवाद हुन थालेको जाहेरीमा उल्लेख छ। शाहले देखावटी माया-प्रेम गरेको बहाना गरी भिडिओ सुटिङ तथा अन्य भेटघाटको क्रमलाई बढाउँदै लगी धेरै नै रेखदेख, हेरचाह गरेजस्तो गर्दै आएको उजुरीमा उल्लेख छ।यस्तै म्युजिक भिडिओ सुटिङ गर्न पोखरा,चितवन,बाग्लुङ, तनहुँ समेतका स्थानमा काम सकेर होटलमा बास बस्दा पटक-पटक ब’ला’त्कारको प्रयास गरेको उल्लेख छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डीएसपी युवराज खड्काले पल प्रकरण अनुसन्धानको क्रममा रहेकाले तत्काल केही भन्न नमिल्ने बताए।‘हामीलाई कुनै भीडले प्रभाव गर्दैन,हामी निष्पक्ष अनुसन्धान गर्नेछौं।यसमा ढुक्क हुनुस्,’ उनी सबैलाई आश्वस्त हुन आग्रह गर्छन्।

प्रतिक्रिया