रुसी आक्रमण सुरु भएदेखि १५ लाखभन्दा बढी मानिस युक्रेनबाट भागेका छन्, संयुक्त राष्ट्र शरणार्थी सँस्थाका प्रमुखले आइतबार भने।
“युक्रेनबाट १.५ मिलियन भन्दा बढी शरणार्थीहरू १० दिनमा छिमेकी देशहरूमा छिरेका छन् । दोस्रो विश्वयुद्ध पछि युरोपमा सबैभन्दा छिटो बढ्दो शरणार्थी संकट,” फिलिपो ग्रान्डी, शरणार्थीहरूका लागि संयुक्त राष्ट्र उच्चायुक्तले सामाजिक संजाल ट्विटरमा भने।
रुसीहरूले घेरा हालेको युक्रेनी शहर मारिउपोलका एक अधिकारीले आइतवारको युद्धविरामले नागरिकहरूलाई बाहिर निकाल्न अनुमति दिने बताए।
अस्थायी युद्धविराम स्थानीय समय अनुसार बिहान १० बजे सुरु हुने भनिएको थियो, जसको दुई घण्टापछि निकासी सुरु हुने डोनेस्क ओब्लास्टका गभर्नर पाभ्लो किरिलेन्कोले सामजिक संजाल अनुहार किताव (फेसबुक )मार्फत जानकारी गराएका छन् ।
यो योजना गत शनिबारको लागि घोषणा गरिएको थियो तर रूसीहरुले गोलाबारुस दिनभरि आक्रमण जारी गरे पछि रोकिएको थियो भनि एबिसीन्यूजले समाचार लेखेको छ ।
प्रतिक्रिया