माया लाग्छ मलाई तिम्रो धेरै धेरै
यि बनपाखा डाडापाखाहरु सबैको
अल्झे म तिम्रो त्यो मिठो मुस्कानमा
ठट्टा नगर प्रिय तिमिलाई खोज्दैछु मेरो दिलमा
तिमि बिर्सि गयौ यो मनले सम्झिरह्यो
दैबको लिला हो यो संयोगले तिमिसँग भेट भयो
कता होला तिम्रो घर कहाँ जन्म भयो होला
एकास्सि भेटे मैले मुटुमा हलचल भयो होला
माया लाग्छ मलाई तिम्रो धेरै धेरै
यो समयमा हुन्छ भेट तर समय भयो थोरै
आकाशका तारा टिप्छु भन्ने जोसको यो आवाज सुनायौ
मायामा फसाएर मलाई एक्लो बस्न गाह्रो बनायौ
सम्झनामा आयौ तिमि साथ रहोस सधै
माया लाग्छ तिम्रो मलाई सधै सधै
गोबिन्द राज ओझा
दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी , नेपाल
प्रतिक्रिया