जेलेन्स्कीले अमेरिकी सांसदहरूसँगको दूरवार्तामा हवाई निषेधित क्षेत्र स्थापना गर्न र रुसी प्रतिबन्धहरू कडा गर्न आह्वान

इनेप्लिज २०७८ फागुन २१ गते २१:४५ मा प्रकाशित

युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीले अमेरिकी सांसदहरूसँग परोक्ष कुराकानी (जुम कल)को क्रममा युक्रेनमा हवाई निषेधित क्षेत्र (नो-फ्लाइ जोन )स्थापना गर्न सहयोगको लागि संयुक्त राज्य अमेरिकालाई आह्वान गरेको सिएनएनले समाचार लेखेको छ ।

जेलेन्स्कीले अमेरिकी सिनेटरहरूलाई ऊर्जा सहित रूसमाथि थप प्रतिबन्धहरू र युक्रेनी सेनाहरूलाई निर्देशित थप सैन्य सहायताको लागि आग्रह गरे। उनले अमेरिकालाई अहिलेसम्म दिएको सहयोगका लागि धन्यवाद दिएका थिए । तर उनको देशलाई रूसको आक्रमणको बिरूद्ध तनाव भएकोले थप मद्दत चाहिन्छ भन्ने उनको इशारा समेत रहेको थियो ।

कुराकानी पछि अर्का सिनेटरका अनुसार जेलेन्स्कीले रूसी तेल आयातमा प्रतिबन्ध लगाउने, भिसा र मास्टरकार्ड(उधारो पत्र) जस्ता सबै व्यावसायिक लेनदेनहरू निलम्बन गर्न समेत वकालत गरेका थिए ।

युक्रेनलाई युक्रेनी बिमानचालकहरूलाई प्रशिक्षित र उडान गर्न सक्ने थप विमानहरू मद्दत गर्न सांसदहरूलाई आग्रह गरे। उनले लडाइँ र उडान गर्ने विमान चाहिने बताए। करिब ९:३० बजे सुरु भएको कुराकानी अमेरिकाको पूर्वीय समय करिव एक घण्टा सम्म चलेको थियो । दूरवार्ताको अन्त्यमा, दर्जनौं सांसदहरूले जेलेन्स्कीलाई धन्यवाद दिएका थिए ।

युक्रेनलाई पूर्वी युरोपेली देशहरूबाट लडाकू विमान उपलब्ध गराउने सम्भाव्यताबारे अमेरिका र युरोपेली सहयोगीहरूबीच जारी वार्तालापको बीचमा उनको सन्देश पठाइएको थियो, छलफलसँग परिचित पाँच स्रोतले सिएनएनलाई बताएका थिए ।

 

प्रतिक्रिया