अमेरिका जाँदै गरेको रुसी सरकारी विमानले रुसी कूटनीतिज्ञलाई आफ्नो देश फर्काउने

इनेप्लिज २०७८ फागुन २१ गते १८:२७ मा प्रकाशित

अमेरिका जाँदै गरेको रुसी सरकारी विमानले रुसी कूटनीतिज्ञलाई आफ्नो देश फर्काउने भएको छ ।

सेन्ट पिटर्सबर्गबाट वाशिंगटन डिसी जाँदै गरेको रुसी सरकारी विमानले रुसी कूटनीतिज्ञहरूलाई उनीहरूको देश फर्काउनेछ, रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले शनिबार संचार माध्यम मार्फत भने ।

“यो विमान रुसी कूटनीतिज्ञहरूको मातृभूमिमा फर्किनेछ, जसलाई अमेरिकी सरकारले अस्वीकार्य व्यक्ति (पर्सोना नन ग्राटा ) घोषणा गरेको छ,” जाखारोभाले थपे। जाखारोभालेको वक्तब्यमा कुनै समयरेखा प्रदान गरिएको छैन भनि सिएनएनले समाचार लेखेको छ।

अमेरिकी सरकारले आफ्नो निवासको विशेषाधिकारको दुरुपयोग गरेको कारण निष्कासन गरिएका रूसी संयुक्त राष्ट्र मिसनका कर्मचारीहरूलाई प्रस्थान गर्नको लागि रुसी सरकारले आरक्षित (चार्टर )गरेको उडानलाई स्वीकृति दिएको छ ।

हामीले निर्देशन दिएको मितिमा रूसी नियोगका कर्मचारीहरू र उनीहरूका परिवारहरू प्रस्थान गरेको सुनिश्चित गर्न संघीय नियमहरू अनुसार यो विशेष अपवाद गरिएको हो, बिदेशी विभागका प्रवक्ताले भने।

प्रतिक्रिया