पण्डित बने कुनै समयका चर्चित भिलेन सुशिल पोख्रेल

इनेप्लिज २०७८ फागुन २१ गते १६:१८ मा प्रकाशित

काठमाडौँ।कुनै समयका चर्चित भिलेन सुशिल पोख्रेल पछिल्ला दिनमा नयाँ भूमिकामा देखिएका छन्।भिलेनको रुपमा लामो समय कैयौँ चलचित्रमा अभिनय गरेर व्यापक चर्चा कमाएका अभिनेता पोख्रेल हाँस्यशृखला गोलमालको तस्रो सिजलमा अनुबन्धित भएका छन्।

शुक्रबारबाट प्रसारणमा आएको शृखलामा उनी पण्डितको भूमिकामा छन्।उनीसँगै उनकी छोरीको रुपमा कलाकार आकृति न्यौपाने देखिएकी छिन्।हिमालयन टेलिभिजनबाट प्रसारणमा आएको शृखलामा सुशिलका अलावा शिवहरि आचार्य, अंशु थापा ‘हात्ति’ , प्रायंक स्टार एलिस राई, लगायतका चर्चित कलाकारहरुको अभिनय रहेको छ।

शृखला हरेक शुक्रबार राती सवा ७ हिमालयन टेलिभिजन र युट्युबमा प्रशारण हुँदै आएको छ। पर्शुराम रिजालको परिकल्पना, लेखन र निर्देशन रहेको समसामयिक विषयमा ब्यग्य गर्दै तयार पारिएको गोलमालको पछिल्लो भाग हेर्नुहोस्

प्रतिक्रिया