सयौ जाति, भाषा , धर्म र संस्कृति सबैको साझा फुलबारी नेपाल
अखण्ड, सुन्दर,शान्त भुमि हो हाम्रो प्यारो राष्ट नेपाल
सारा नेपालिमा देशको लागि भुमिका, भिजन र मिसन हुनुपर्छ
सारा नेपालिहरु सधै एकताको बन्धनमा बाधिनुपर्छ
सिमानामा टक्क अडेर मनभरि देशको सिमा बारे सोचेर
सुन्दर शान्त यो देश निर्माणको ईतिहास पढेर
शान्तिका दुत गौतम बुद्ध जन्मे यहि देशको माटोमा
शान्तिको सन्देश फैलाएर गए सारा जगतमा
सबै हामि नेपालिहरु राष्ट निर्माणको कार्यमा एक भै जुटौ
हिमाल, पहाड,तराई सबै मिलि सिंगो राष्ट निर्माण गरौ
आज सिंगो देश बनाउने देशभक्तको खाचो छ
सारा नेपालिहरु सधै एकताको बन्धनमा बाधिनुपर्छ
गोबिन्द राज ओझा
दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी , नेपाल
प्रतिक्रिया